चलचित्र ” प्रेमगित ३ ” कि बाल- अभिनेत्रि योगिशाको फिल्म यात्रा

Spread the love

पछिल्लो समय नेपालि फिल्म इन्डस्ट्रिमा साना तथा ठुला नयाँ कलाकारहरुको सङ्ख्या बढ्दो क्रममा देखिन्छ । तिँ मध्य धेरैले इन्डस्ट्रि नै छोड्न पर्ने अनि थोरैले मात्र दर्शकको मन जित्न सफल छन् । थोरै सफल कलाकारहरु मध्य बाल अभिनेत्रि योगिशा खत्रि पनि एक हुन ।

राजधानिको ललितपुर जिल्लामा हुर्केकि उनि अहिले दर्शकहरुको मन जित्न सफल छिन । डान्स कम्पिटिसनबाट अाफ्नो यात्रा सुरु गरिकि उनले  ”  डान्स नेपाल डान्स लिटिल च्यापियन ” र “ललितपुर स्कुल डान्स च्यापियन ” को उपाधि समेत जितेकि थिइन ।

करिव २ दर्जनभन्दा बढि म्युजिक भिडियाे साथै  कभर भिडियो गरिसकेकि उनले देशभरका बिभिन्न 150 वटा  स्टेज कार्यक्रमहरु समेत  गरिसकेकि छिन । स्थानिय तथा राष्ट्रिय टेलिभिजनबाट प्रसारित  विभिन्न टेलिसिरियलहरु र डकुमेन्ट्रीमा समेत उनले अाफ्नो अभिनय पस्केकि छिन् ।

तर केहि समय यता उनको माग म्युजिक भिडियो , टेलिसिरियलमा भन्दा फिल्ममा बढिरहेको उनि बताउँछिन । उनिद्वारा अभिनित फिल्म – गित गजलबाट उनले राम्रै प्रसँङ्सा बटुलेकि थिइन । त्यसपछि एकाएक उनलाइ अाशुसेन प्रोडक्सनको ब्यानरमा बनेको चलचित्र ” प्रेमगित ३ ” मा अभिनय गर्ने मौका मिल्यो । नेपालि फिल्म इन्डस्ट्रि कै एक सफल ब्यानर मानिने उक्त प्रोडक्सनबाट यस अघि प्रेम गित , प्रेम गित २ र मेरि मामु जस्ता सुपरहिट फिल्म दिइसकेको छ । उनले सन्तोष सेन जस्तो ब्याक्तिसँग काम गर्न पाउदा अाफु भाग्यमानि समेत बताउँछिन । अाफ्नो फिल्म यात्राकै सबैभन्दा महत्वपुर्ण फिल्म ” प्रेम गित ३ ” रहने दावि समेत गर्छिन । तर बिश्वपव्यापि महामारि Covid 19 ले प्रेम गित ३ लाइ मात्रै नभइ अाफ्नो करियरलाइ समेत असर पारेको उनि बताउँछिन । जुन मेहेनेत र परिश्रममले फिल्म बनेको थियो त्यस अनुरुपको फल नपाइने होकि ? यो बिषयलाइ लिएर पुरै टिम चिन्तित छ ।

चर्चित अभिनेता प्रदिप खड्का , क्रिस्टिना गुरुङ्ग , मनिष रावत , शिव श्रेष्ठ , पुस्कर कार्कि , प्रेम पुरि , सुनिल थापा , अनुभव रेग्मि लगाएत अन्य थुप्रै कलाकारहरुको अभिनय रहेको छ । फिल्म निर्माण चाहि नेपालि फिल्म जगतकै एक उदाहरणिय बनेको उक्त टिमको दावि छ ।
समय भय सम्म यहि कलाकारितनमा  निरन्तरता  दिदै जाने कुरा समेत बताउँछिन बाल अभिनेत्रि योगिशा खत्रि !!

Leave a Reply

Your email address will not be published. Required fields are marked *