कोरोना प्रुस्टि नहुदै ६ बर्षिय बालकको उपचारमा रोक, बिरामि राख्ने ठाउँ समेत दिएन अस्पतालले

Spread the love

कोरोना प्रुष्टि नहुदै केहि लक्षणको भरमा एक जना ६ बर्षिय बालकको उपचार रोकिएको  छ । ज्वारो , खोकि र छाति  घ्यारघ्यार हुने उक्त बिरामिलाइ डक्टरहरुले उपचारमा कुनै चाँसो नदिएको बिरामिका हजुरबुवा बताउनुहुन्छ । करिव दुइ महिना अघि उनि भारतबाट नेपाल अाएका थिए ।

ज्वारो अाएको करिव छ दिन भएको उनका हजुरवुवा बताउनुहुन्छ ।उपचारका लागि सुरुमा गाउँकै स्वास्थ चौकिमा लगिएको थियो । त्यहाँको अौषधिले काम नगरेपछि उनलाइ अारोग्य हस्पिटल हुदै मनिपाल हस्पिटल पोखरा ल्याइएको थियो । र हिजो मात्रै करिव ९ बजे उक्त बिरामिलाइ गण्डकि प्रदेश अस्पतालमा पठाइएको थियो ।

प्रदेश स्थरिय सरकारि अस्पताल भनिएता  पनि उक्त बिरामिको उपचार त के अस्पतालमा बस्ने समेत ठाउँ दिइएको छैन । कोरोना भएको प्रुस्टि नहुदै सङ्काकै भरमा उपचार रोकिने हो भने यहाँ साधारण बिरामिहरु दिनप्रतिदिन मर्ने छन । यदि कोरोना नै प्रुस्टि भयो भने नि यो किसिमको अमानविय व्यावहार देखाउनेलाइ डक्टर भनेर कस्ले सम्मान गर्ने ?

कोरोना अाशङ्का गरिएका ब्याक्तिहरुका लागि अाइसोलेशन बनाएका छौँ , क्वारेनटाइन बनाएका छौँ “, सरकार र सरोकारवालाले बोल्ने बोलि यहि हो । तर बास्तवमा के यि स्थानहरु देखावटिकै लागि मात्र बनाइएका हुन , प्रश्न यहाँ निर छ ।  के सर्वसाधारणले उपचार  नपाउने नै हो त ? के ज्वरो अाएकै भरमा उपचार रोकिन पर्छ त ?

बन्दको बेला खानाको समस्या छ , हिजो देखि केहि खाएका छौनौँ उनले रुँदै भने ? अब हामि लेख्छौ , के सरकारको नागरिक प्रतिको जिम्मेवारि यहि हो । स्थानिय सरकारले के हेरिरहेको छ , कता गए सँद्य सँस्थाको नाममा सामाजिक काम गर्छु भनेर उफ्रिने ति निकायहरु ?

प्रहरि प्रशाशन समेतलाइ गुहार्दा पनि उपचार रोकिनु कहाँ सम्मको न्याय हो ? हामि खुलेर लेख्छौ गण्डकि अस्पतालले एउटा बच्चाको जिवनमाथि खेलवाड गर्दैछ । सम्बन्धित निकाय र सरोकारवालाको ध्यान जावस , सरकारको ध्यान जावस् , सामान्य परिवारले पनि उपचार पाउँछन भन्ने कुराको प्रुष्टि होस ।

भिडियो : https://m.youtube.com/watch?v=tCoyaaQEWag

Via : S Tv

Leave a Reply

Your email address will not be published. Required fields are marked *