बुटवल काेराेना अस्पतालमा एक व्यक्तिको मृत्यु, स्वाब परीक्षणका लागि काठमाडौँ पठाइयो

Spread the love


पवन शर्मा , बुटवल
रूपन्देही, १६ चैत ।

बुटवल कोरोना विशेष (अस्थायी) अस्पतालमा क्यारेन्टाइनमा राखिएका सैनामैना नगरपालिका ४, मुर्गियाका ३४ वर्षिया बाबुराम थापाको मृत्यु भएको छ । उहाँ १३ गते कोरोना अस्पताल बुटवल धागो कारखानामा भर्ना हुनु भएको थियो।
उहाको स्वाब परीक्षणका लागि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको थियो तर रिपोर्ट आए छैन । उहाँ चैत्र ८ गते वैदेशिक रोजगारी दुबईबाट नेपाल आउनु भएको थियो । थापालाइ आज बिहान बाट जोरोले अत्याधिक च्यापेको र काठमाडौं लैजाने तयारी थियो । तर दुर्भाग्य उहाँको मृत्यु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *