एक अब्बल गाएक , अभिनयमा त्यो भन्दा बढि दशर्कको मन जित्न सफल

Spread the love

भर्खरै मात्र चर्चित लोकदोहोरि गाएक राजु ढकालद्वारा अभिनित लोकदोहोरि गित ” कृषि पेशा थाल्छु ” सार्वजनिक गरिएको छ । कोरोना भाइरसका कारण मानिसहरु सबैकुरा छोडेर गाउँ फर्किन थालेका छन्। यसै सन्दर्भलाइ मध्यनजर गर्दै उक्त गित सार्वजनिक गरिएको हो । गाएन छेत्रमा अब्बल गाएक राजु ढकाल गाएन जत्तिकै अभिनयमा पनि चर्चित छन्। उनि द्वारा अभिनित यो २९ अौँ गित हो । उक्त गितमा टिका भट्टराइ र मनोज पाण्डे समेतको अभिनय रहेको छ । यस अघि उनिद्वारा अभिनित गित बनकि चरिलाइ दर्शकले निकै मन पराएका थिए ।

राष्ट्रिय लोकदोहोरि गित प्रतिष्ठान नेपालका कोषाध्यक्ष समेत रहेका उनलाइ अभिनयमा समेत मन पराउन थालिएका छन्।  यतिबेला प्राय: गाएकहरु अभिनयमा अग्रसर भइरहेका छन । तिँ मध्य थोरैलाइ मात्रै  दर्शकले अौधि मन पराइरहेका छन्। जस मध्य राजु ढकाल पनि एक हुन्  ।

लोकदोहोरि छेत्रकै एक उत्कृष्ट गायिका पुर्णकला बि.सि को स्वर रहेको उक्त गितमा गाएक  बिष्णु पाण्डेको समेत स्वर रहेको छ ।   रमेश परियारको शब्द , सँगित रहेको उक्त गित  नेपालकै चर्चित स्टुक्षियो माला श्रि रेकर्डिङ्ग स्टुडियोमा रेकर्ड गरिएको हो । रेकर्डिस्ट बिमल छिनालद्वारा रेकर्ड गरिएको उक्त गितको मिक्सिङ्ग खडक बाजुरेलिले गरेका हुन् ।

चोभार अासपासमा छायाँकन गरिएको उक्त भिडियो  सुरेश श्रेष्ठले खिचेका हुन भने प्रकाश धमालाले सम्पादन गरेका हुन् । नितान्त अाफ्नै देशमा बसेर सानै काम गरेता पनि पारिवारिक सुखको अाभास हुने कुरा गितमा समेटिएको छ । ड्रोनमा सन्तोष महरा रहेका छन् भने श्रृङ्गारमा सक्क्षम पुडासैनि रहेका छन्। गुरुअामा फिल्मस प्रा.लि को पोस्ट प्रोडक्सन रहेको उक्त गितको निर्देशन स्मृति तिमिल्सिना ” गुरुअामा”ले निर्देशन गरेकि हुन । गुरुअामा लोकदोहोरि छेत्रको सर्वोउत्कृष्ट महिला निर्देशनकै रुपमा परिचित छिन्। उनिद्वारा निर्देशित  प्राय: गितहरु लोकदोहोरि छेत्रकै सुपरहिट समेत बनेका छन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *