साइकल यात्रा :- एक पिडादायि जिवनपछिको सन्तुष्टिजनक जिवनयात्रा

Spread the love

जिवन भनेको समय न हो , वित्दै जान्छ । जब हामि थोरै उचाइमा पुग्दछौ , फर्केर हेर्दा बिगत देख्दछौँ । हुन सक्छ हर कसैसँग दुखदायि बिगत पक्कै नहोला , तर यादगर जरुर हुदछ । यस्तै छोटो तितो बिगतले जिन्दगि जिउन हरेस खाएको एक ब्याक्ति भन्दा फरक पर्दैन मलाइ । तर अाज वर्तमानमा जुन खुसिको जिवन जिइरहेको छु , त्यो मध्यको एक मुख्य कारण हो साइकल अनि साइकल यात्रा

साइकल यात्रा :- एक पिडादायि जिवनपछिको सन्तुष्टिजनक जिवनयात्रा 1

देशकै बिकट मानिने सुदुर पश्चिमको कैलालि जिल्लामा जन्मिए हुर्किए । बाल्यकालमा साइकल त्यो ठाउँको मुख्य सवारिसाधन भएर होला , अौधि रुचि थियो र सिकियो । साइकलका पाङ्गा सङ्गै बाल्यकाल बिताइयो । यो बेला रहरले साइकल चलाउँथे , प्राय : समय साइकलसँगै बिताउँथे ।

साइकल यात्रा :- एक पिडादायि जिवनपछिको सन्तुष्टिजनक जिवनयात्रा 2

जब म २१ बर्षको भय मैले बाध्यता भनौं वा आफ्नो रहर बिदेसी भुमी अरबको कतारमा पाइला टेके अब साईकल मेरो जिवनको हिस्सा रहेन किन कि कामको कम्पनीको नियममा चल्नुपर्छ कोठामै गाडी आउथ्यो र पुर्यायर जान्थ्यो । यस्तै गरि ८ बर्ष बितेको पत्तै भयन । जब म ८ बर्ष पछि घर फर्किय समय बदलि सकेको रहेछ साईकल भन्दा मोटरसाईकल बढी उपयोगी र चलन चल्तीको भएछ । मैले पनि मोटरसाइकल चढ्न सुरु गरे । तर मोटरसाइकलको यात्रा धेरै गर्न नपाउदै मेरो जिवनमा नसोचेको घटनाले मलाइ पुरै दुई बर्ष जीवन मृत्युको सङ्हारमा पुगायो । म पुरै जिउदो लास जस्तै मृत्युको पर्खाइमा बसिरहे । धेरै उपचार गरियो ,आर्थिक पनि सकियो । तर मलाई लैजानको लागि काल मेरो दैलोमा आयन । मेरो चारै हात खुट्टा कामै नगर्ने भयका थिए । म अस्पतालको उपचार सङ्गै बैध र जडिबुटी उपचार पद्धतिमा पुगे । केही दवा र केही दुवा भने झैँ म बिस्तारै अलिअली हिंड्न र बाहिर भित्र गर्ने हुन थाले । मेरो बाच्ने आशा झन बढी हुन थाल्यो । मेरो शरीर बलियो थिएन केही बेरको हिंडाइले म थकित हुन्थे पुरै स्वासप्रस्वास फुलेर भत्त्क्कै गल्थे।लाग्थो सायद यसैका लागि बाचेको रहेछु,यस्तो पनि जिन्दगी हुन्छ ।

साइकल यात्रा :- एक पिडादायि जिवनपछिको सन्तुष्टिजनक जिवनयात्रा 3

तर जब मैले भित्रै बाट हिम्मत गरेर साईकल चढे केही होलाकी भनेर अध्यन गरे र साईकल चलाउन सुरुगरे । केहिदिन त म केही पर सम्म मात्रै जान सक्थे तर बिस्तारै बिस्तारै मलाइ थकाइ कम लाग्न थाल्यो,म अलि बलियो महसुस गर्न थाले । म झन बढी साईकल चलाउन थाले,टाढा टाढा जानथाले…हेर्द हेर्दै म आफ्नो स्वास्थ्य साईकलको कारण राम्रो भयको कुरा सबैलाइ भन्न थाले र सबै लाई प्रेरित गर्न कुनै कसर नराखी साईकल मै होमिए । आज म आर्थिकमा सफल नभयनी ४० बर्षको उमेरमा १८-२० बर्षका युवाहरु भन्दा कुनै कुरामा आफुलाइ कम ठान्दैन यो सबै साईकलकै करामत हो भन्ने मेरो बुझाइ छ।


हो साईकल आफैमा सबै भन्दा उत्कृष्ट साधन हो…..स्वास्थ्य ,वातावरण ,धनी गरिब को दुरिलाइ कम गर्ने र धेरैको जिन्दगी चलाउने साधन हो भन्ने मेरो बुझाइ छ।
आजको आधुनिक युगमा सबै जसो बिकसित देसहरुले साईकल लाई प्राथमिकता दिएको र साईकल मैत्री बाटो निर्माण गरेको देखिन्छ। उनिहरुलाइ थाहा छ साईकल मात्रै यौटा यस्तो साधन जो जस्ले हाम्रो धर्तिलाइ जोगाउन प्रमुख भुमिका खेल्छ। मैले साइकलकै माध्यमबाट बिभिन्न साथिभाइ हरु पाए । र केहि समय यता मैले सुदुरपश्चिमो बिभिन्न ठाउँहरुलाउ विश्वसामु ल्याउन साइकल यात्रा मार्फत visit farwest 2020 गरिरहेको छु । मेरो एक मात्र सपना छ , नमरुन्जेल सुदुरपश्चिमलाइ साइकल बिशेष प्रदेश भएको हेर्ने । म दिनरात नभनि यसको लागि लागिपरिरहेको छु , म जस्तै हजारौँ मानिसको जिवन फल्न फुल्न सुदुरपश्चिम साइकल बिशेष प्रदेश हुन अावश्यक छ । र मलाइ थुप्रै यात्रामा साथ सहयोग र हौसला दिने सम्पुर्णमा अाभारि छु र बिशेष अाभारि ” दारि ग्याङ्ग धनगढि ” प्रति जस्ले मेरा यात्राहरुमा निरन्तर साथ र हौसला दिइरहनुभएको छ ।

– भरत बिक्रम शाह (cyclist, farwest Nepal)

Leave a Reply

Your email address will not be published. Required fields are marked *