अन्धभक्त भएर म नेकपा हुँ ,म काङ्ग्रेस हुँ वा यो हुँ त्यो हुँ भन्नु नामर्दपन हो : किशान खत्रि

Spread the love
अन्धभक्त भएर म नेकपा हुँ ,म काङ्ग्रेस हुँ वा यो हुँ त्यो हुँ भन्नु नामर्दपन हो : किशान खत्रि 1

राजनितिक जनतालाइ सेवा गर्ने धर्म हो , पेशा होइन् । नेपालमा राजनितिक परिपाटिलाइ नियालेर हेर्दा कमाइ खाने भाडोँ झै भैसक्यो ।
देश र जनताको सेवा भन्दा ब्याक्तिगत सम्पति जोड्न लागिपरिरहेका छन् हरेक राजनितिक ब्याक्तित्वहरु ।

तर
एउटा पत्रकारले हस्पिटल बनाइरहेको देख्दा गर्व लाग्छ ,  एउटा कलाकारले बस्ति र रंगशाला बनाइरहेको देख्दा निहुरिन मन लाग्छ , केही सामाजिक अभियान्ताले मान्छेको ज्यान बचाइरहेको देख्दा सलामि दिन मन लाग्छ ,  केही थान युवाहरु भ्रष्टचार रोक्न मारिने स्थितिमा पुगेको देख्दा सहिदहरुको याद अाउँछ  अनि देश बिकास गर्न ब्याक्तिले आफ्नो सम्पत्ती बेचेर आविष्कार गर्न लागेको देख्दा गर्वले सिर सगर झैँ उच्च हुदछ । केही चिन्तकहरु देशको मामिलामा चिन्तित भैरहेको र एस्तो अबस्थामा काठमाडौ का एक दम्पती (लालचन्द्र र बन्दना)ले आबश्यक परे आफ्नो घर क्वारेन्टाइन मा फ्रीमा दिने घोषणा गरेको  देख्दा राजा बिरेन्द्र नै फर्किए झैँ लाग्छ ।

विभिन्न न्यायिक तथा गर्नुपर्ने काममा सरकार र सबै दलका नेताहरु असक्षम ठहरिएको देशमा म काङ्ग्रेस  हुँ, म नेकपा हुँ, म माओबादी हुँ, यो हुँ त्यो हुँ भन्नुको कुनै औचित्य छ? निर्मला कान्ड जस्तो अपराध गतिविधि लुकाउने देशमा म नेकपा हुँ ,म काङ्ग्रेस हुँ वा यो हुँ त्यो हुँ भन्नुको कुनै अौचित्व छ ? सुनकान्ड , हत्याकान्ड , बलत्कार , भ्रष्टचार अादि कयौँ अपराधहरु पैशा र शक्तिमा लुकाउने देशमा म नेकपा हुँ ,म काङ्ग्रेस हुँ वा यो हुँ त्यो हुँ भन्नुको कुनै अौचित्व छ ? यो  सब गर्व गर्न सक्ने काम र ठाउँ नभए के को नाम? यो  सब विवेक को कमि हो। यो सब परनिर्भरता हो।  यो सब गरिबी हो। यो सब नामर्दापन हो। यो सब अज्ञानता हो।

शुद्धिकरणसहितको सुदृढीकरण आवश्यक छ । अब हरेक नेपालिले म नेपालि हुँ भन्न अावश्यक छ , राम्रोलाइ राम्रो भन्न अावश्यक छ । अब पनि पार्टिगत रुपले अन्धभक्त भएर सधैँ झै पुच्छर बनेर हिड्यौँ भने नेपाल समृद्द त के नेपाल नै नरहला भन्ने डर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *