फेसबुक मार्फत अाफ्नो सामाजिक कार्यको यात्रा सुरु गरेकि हुँ :- अभियान्ता प्रतिभा खड्का

Spread the love

केहि बर्ष यता युवाहरुको रुचि सामाजिक कार्यमा बढ्दो क्रममा देखिन्छ । बिभिन्न माध्यमबाट देशको भलाइ र जनताको खुसिका लागि लागिपर्ने थुप्रै सङ्घसँस्था तथा ब्याक्तित्वहरु छन् ।यस्ता कार्यमा युवाहरुको रुचि बढ्नु एक सकरात्मक बाटो पनि हो । बिभिन्न सँघसँस्था , NGO, INGO र फेसबुक ग्रुपहरु एकदमै अग्रसर भएको देखिन्छ । यस्तै सामाजिक सञ्जाल मार्फत अाफ्नो सामाजिक कार्यको यात्रा सुरु गरेकि एक उदाहरणिय ब्याक्तित्व हुन प्रतिभा खड्का ।
सानैदेेखि समाज सेवामा रुचि भएकि उनले २०७२ को भुकम्प पश्चात samaritance purse सँस्थाबाट अाफ्नो यात्रा सुरु गरिन । देश र देशवासि विपदमा हँदा उनले यसै सँस्था मार्फत थुप्रै उदाहरणिय कामहरु गरिन । त्यसपछि पनि सामाजिक सञ्जाल फेसबुकबाट समाजसेवामा रुचि भएकाहरुलाइ एकबद्द बनाएर Happy family नामको एक टिमको स्थापना गरिन् र निरन्तरता दिइन । कार्यक्रमकै शिलशिलामा उनि देशका पिछडिएका बिभिन्न ठाँउहरुमा पुगिन र त्यहाँको जिवनशैलि , पिडा र वेदनाको अवलोकन समेत गरिन् । जहाँ जे कुराको अावश्यकता थियो त्यहि सम्बन्धि अभियान चलाइ सहयोग उठाएर जिवन जिउने सहज वातावरण सिर्जना गर्ने मुख्य भुमिका सिर्जना गरिन । नुवाकोट बाट Slc पास गरेर काठमान्डौ छिरेकि उनले खाजा खर्च जोगाएर समेत थुप्रै कार्यक्रमहरुको थालनि गरेकि थिइन । घर परिवारलाइ जानकारि समेत नदिएर यात्रा निरन्तरता दिएकि थिए , पछि उहाँहरुले सञ्जाल मार्फत थाहा पाउनु भयो र राम्रै प्रतिकृया दिएको कुरामा उनि गर्व समेत गर्छिन्।

पुरुष प्रदान देशमा महिलालाइ खुलेयाम घरबाट हिड्न गार्हो छ भन्ने कुरालाइ उनले गलत सावित गरिन । Happy Family को president पदको कार्यभार समालि रहेकि उनले हालसम्म करिव १०० वटा अभियान सँस्थागत र त्यति नै ब्याक्तिगत हिसावले सम्पन्न गरिरसकेकि छिन । हिमाल , पहाड तराइ का बिभिन्न ठाउँमा उनका अभियानहरुले स्थान अोगटेको पाइन्छ ।
खाजा खर्चबाट अभियान सुरु गरेको उनको टिमलाइ यतिबेला देश तथा बिदेशबाट सहयोग अाउन थालेको छ । सकरात्मक कामलाइ साथ दिनेहरु प्रति नमन अनि खुट्टा तान्न खोज्नेहरु प्रति मेरो सम्मान उनले बताइन्। सामाजिक सँजाल मार्फत पनि देश र जनताको अाँशु पुच्ने हात बन्न सकिन्छ भन्ने एक उदाहरणिय ब्याक्तित्व उनि पनि हुन्। र साथै युवाहरुले देश र जनता हकहितको लागि अाफ्नो ठाउँबाट सक्ने पाइलाहरु लम्काउन जरुरि छ र अाउने दिनहरुमा अझै यस्तै सकरात्मक कार्यक्रमहरु ल्याएर अाउने छु , यहाँहरुको साथ , सहयोग र माया सदैव रहिरहोस भन्ने अाशा समेत ब्याक्त गरिन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *