किसोर सुब्बाको निर्देशनमा ” सागर झैँ स्वच्छ “

सौगात छेत्रि

Jpj Entertainment को ब्यानरमा दिलसिँग मेन्यांग्व मेन्निमांड्० द्वारा रचित चोक गुरुङ्गको संगीत रहेको गित ” सागर झैँ स्वच्छ ” को अफिसियल म्युजिक भिडियो केहि दिनमै सार्वजनिक गरिने भएको छ ।

ब्रबिम सेर्मा र सुनिता थेगिसको स्वरमा रहेको यस म्युजिक भिडियोमा चर्चित कलाकार एेरेन्जर तमु र प्रेम गुरुङ्गले अभिनय गरेका छन भने सम्भु मोक्तानले छायाँकन गरेका हुन । मन्दिल श्रेष्ठले सम्पादन गरेको उक्त भिडियोमा विनय कँसाकारको कलर करेक्सन अनि मुना केसिको श्रृंगार रहेको छ । थुप्रै म्युजिक भिडियो निर्देशन गरिसकेका किसोर सुब्बाको निर्देशन रहेको उक्त गितको भिडियो अरुकाम भन्दा उत्कृष्ट बनेको निर्देशकको दावि रहेको छ ।

केहि दिन पछि उक्त गितको अफिसियल म्युजिक भिडियो Hilights youtube च्यानलबाट रिलिज गरिदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *