छाउपडि प्रकृति हो , प्रथा होइन !!
(Mensuration is a Nature , Not a Culture)

Spread the love

छाउपडि प्रकृति हो , प्रथा होइन !!
(Mensuration is a Nature , Not a Culture)

छाउपडि प्रथा सुदुरपश्चिम प्रदेश तथा कर्णालि प्रदेशमा अझै नि जिवितै छ । महिनावारिको बेला घरबाहिर ४ वा ५ दिन छुट्टै बस्ने , कसैलाइ नछुने प्रचलन धेरै पुरानो हो ।

छाउपडि बस्नलाइ छुट्टै छाउगोठ निर्माण गरिएको हुन्छ जुन महिलाहरुलाइ असुरक्षित हुने गर्दछ । सरकारले थुप्रै निति नियम ल्यायो तर कागजमा सिमित । नितिले परिवर्तन भएन प्रथा , किन त ?

सुदुर तथा कर्णालि प्रदेश देशकै पिछडिएको र अशिक्षित छेत्र हो । जनचेतना र शिक्षाको अझै अभाव छ । मानिसहरुको सोचलाइ प्रथा होइन प्रकृति हो भन्ने कुरा बुझाउन नसक्दा सम्म सरकारले जुनसुकै निति ल्याए नि समाधान हुने सम्भावनै छैन ।

छाउपडि गोठमै कयौँ कोपिलाहरु बलात्कृत , सर्पको टोकाइबाट मृत्यु भएका खबर सुनिन्छन तर समाजको डर अनि यसको यथार्थ नबुझेकै कारण यो प्रथा अझै जिवित छ ।

( ” अाजको मेरो सुदुर ” नामक पेजबाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *