सौगात छेत्रि !
गायक अमरदिप बुढाथोकि , लक्ष्मन गिरि र शान्ता बस्नेतको आवाजमा रहेको लोकदोहोरि गित ” लाहुरे कि छोरिले” को अफिसियल म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।
उक्त गितमा कमल बुढाथोकिको लय रहेको छ भने संगित अमरदिप बुढाथोकिको रहेको छ । सुमन राना र खुमन रानाले रेकर्ड गरेको उक्त गित मारुनि डिजिटल रेकर्डिङ्ग स्टुडियोमा रेकर्ड गरिएको हो । स्थानिय स्रोत , साधन तथा नव कलाकारहरुलाइ अवसर दिएर भिडियो निर्माण गरिएको छ ।
भिडियोमा अभिनय सुशिल जङ्ग कुवँर , एलिशा चन्द लक्ष्मि सुनार र मनोज बिक को रहेको छ । गितको छायाँकन डि.वि रौले , सम्पादन मिन रावल र निर्देशन चाहिँ सुदुरपश्चिममै छुट्टै पहिचान बनाउन सफल निर्देशक जि.बि अाग्रिले गरेका हुन भने कोरियोग्राफि चाहि काल भैरवले गरेका हुन । राग भिजन मल्टि मुभिजको पोस्ट प्रोडक्सनमा रहेको उक्त गितको भिडियो अझ उत्कृट बनेकोमा ढुक्क रहेको र दर्शकले अत्याधिक माया गर्ने कुरामा कुनै सङ्का नरहेको नपर्देशक जि.बि अाग्रिले बताए ।