सौगात छेत्रि !
गायक संसार धामि र गायिका रेखा जोशिको आवाजमा रहेको डेउडा गित ” उसै फस्का लाउदि छै ” को अफिसियल म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।
केहि महिना पहिले अडियो सार्वजनिक गरिएको थियो , जुन दर्शकहरुले अत्याधिक माया गर्नुभको थियो । यसै कुरालाइ मध्यनजर गरेर स्थानिय स्रोत , साधन तथा नव कलाकारहरुलाइ अवसर दिएर भिडियो निर्माण गरिएको थियो ।
उक्त गितमा शब्द कृष्ण सुनारको रहेको छ भने संगित संसार धामिकै रहेको छ । लोक पप गित मार्फत सांगितीक क्षेत्रमा प्रबेश गर्नु भएका गायक संसार धामिको ” उसै फस्का लाउदि छै ” पहिलो डेउडा गित हो । कैलालीको घोडाघोडी नगरपालिका वडा ६ घर भएका धामि पछिल्लो समय सांगितीक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाका र लोकप्रिय बन्दै गएका छन । यो गीत अछामी भाषामा रहेको छ ।
भिडियोमा अभिनय नव कलाकार सिदार्थ जैगडि र दिपिका कँडेलको रहेको छ भने छायाँकन , सम्पादन र निर्देशन चाहिँ कृष्ण बाबुले गरेका हुन । गाएक स्वयमले भिडियो अाफै युटुव च्यानल मार्फत सार्वजनिक गरेका छन !