HFH द्वारा निकुञ्जले अागो लगाएको चेपाङ्ग बस्तिमा न्यानो लुगा बितरण गरिदैँ ,

Spread the love

सौगात छेत्रि ।

बिगतका कार्यक्रमहरु झैँ फेरि पनि Help for Happiness ले “न्यानो बाँडौं , खुसी साटौ” अभियान सञ्चालन गरेको छ ।


हेमन्त ऋतु सकिए सङ्गै शिशिर ऋतुको आरम्भ हुँदै छ । बिस्तारै जाडो बढदैछ, मान्छेहरू न्यानो कपडाको लागि shopping सम्म जान लागिसके तर दुई छाक खान सम्म धौधौ पर्ने, जसको घर निकुञ्ज द्वारा आगो लगाएर नष्ट गरियो, जसलाई उनीहरूको बास स्थान बाट पर लखेटियो, उनिहरुले जिउ कठ्याङरिने यो जाडो कसरी छेक्लान???

हामी कुरा गर्दै छौ माडी नगरपालिका क्षेत्र भित्र रहेका अति विपन्न चेपाङ बस्तीको अवस्थाको बारेमा । यो वर्ष पनि न्यानो कपडा वितरणको अभियानलाई निरन्तरता दिने क्रममा HFH ले चेपाङ बस्तीमा न्यानो कपडा वितरण गर्ने योजना बनाएको छ ।

हिजोको दिनमा हजुर हरुको साथ र सहयोग ले धेरै मानिस हरुको घर उजाडिन बाट HfH ले बचाएको कुरा अवगत नै छ। अहिले पनि स्थानिए निकायले ध्यान पुर्याउन नभ्याएको चेपाङ बस्तीमा HfH ले सहयोग गर्ने भएको छ । HFH सँग व्याक्तिगत वा संस्थागत रुपमा आर्थिक वा जिन्सी सहयोग गरी यो जाडो आयामको चिसो र हुस्सु बाट बच्न हाम्रा चेपाङ दाजुभाइ/दिदीबहिनी लाई सहयोग गर्न सकिने छ ।

सहयोग गर्न वा अभियानमा जोडिन इच्छुकले तलको बिवरणमा सम्पर्क गर्न सक्नुहुनेछ ।

Bank account details:-
A/c Holder – Help for Happiness
A/c no. – 0144150023543002
Bank – NIC Asia Bank (Narayangadh)
Other
Esewa id :- 9846325846

For further details
GS Subedi – 9867137684
Bhagya Gyak – 9845692489

“Together we can bring the smile”

Leave a Reply

Your email address will not be published. Required fields are marked *