नेकपा पर्साका पूर्वएमाले र पूर्वमाओवादी पक्षबीच झडप : गाउँपालिकाका पार्टी सचिवको मृत्यु

Spread the love

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पर्साले विन्दवासनी गाउँपालिकामा आयोजना गरेको शपथ ग्रहण कार्यक्रममा झडप हुँदा उपचारको क्रममा एकको मृत्यु भएको छ भने एक जना अवस्था गम्भिर रहेको छ । गम्भीर घाइते रहेका नेकपा विन्दावासनी गाउँपालिकाका पार्टी सचिव मुकेश चौरसियाको उपचारको क्रममा मृत्यु भएको हो ।

गम्भीर घाइते भएका चौरसियालाई नारायणी अस्पतालबाट पानीटंकी स्थित न्यूरो हस्पिटलमा थप उपचारको लागि लगिएको थियो । अर्का गम्भीर घाइते उत्तम तिवारीको उपचार भइरहेको छ ।

नेकपा पर्साले विन्दवासनी गाउँपालिकामा बिहीबार आयोजना गरेको गाउँपालिका कमिटीको शपथ ग्रहण कार्यक्रममा दुई पक्षबीच झडप हुँदा दर्जनौँ व्यक्ति घाइते भएका थिए । कार्यक्रम स्थलमा गाउँपालिका अध्यक्ष र सचिवबीच विवाद हुँदा उग्ररुप लिएको थियो । सो क्रममा दर्जनौँ कार्यकर्ता घाइते भएको नेकपा पर्साले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *