नायक पल शाह र मुन्निको जिवन्त अभिनयमा सँगितकार बादल घिमिरेको ” बैगुनि २ ” सार्वजनिक ( भिडियो सहित)

Spread the love

सौगात छेत्रि !

पछिल्लो समय नेपाली साँगितिक क्षेत्रमा व्यस्त संगीतकार बादल घिमिरेले आफ्नो नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन् ।

केहि समय अघि दर्शकहरुको मन जित्न सफल अनि चर्चाको शिखरमा पुगेको गित ” बैगुनि ” को सिक्वेल ” बैगुनि २ ” सार्वजनिक गरिएको छ । उक्त गितले टिकटकमा पनि उत्तिकै चर्चा बटुलेको थियो ।

करिव ८ महिना अघि ‘ बैगुनी (१’ रेलले तान्यो र ) सार्वजनिक भएपछि गीतले ठूलो चर्चा कमाएको थियो । सोही ‘बैगुनी’ गीतको भाग (२ बादल घिमिरेको शब्द र संगीतमा डा। बुद्धिमान श्रेष्ठ र मेलिना राइको स्वरमा ‘ शीतल छायाँलाई ….. ‘ सार्वजनिक भएको हो ।

म्यूजिक भिडियोमा नायक पल शाह , नायिका प्रियना आचार्य ‘मुन्नी’ , कमलमणी नेपाल, रामभजन कामत , अकेशा पोखरेल लगाएतको अभिनय रहेको छ । सुरेन्द्र बसेलको कोरियोग्राफीमा उत्सव दाहलले खिचेको भिडियो लाई दीपक आचार्य (काकु) ले निर्देशन गरेका हुन् । गीत ‘ बादल घिमिरे’ युट्युब च्यानलबाट अपलोड गरिएको छ ।

“यहाँ हरुकै मायाले ” बैगुनि” सफल भएको थियो । ” बैगुनि २ ” मा थप मेहेनेत र फरक काम गरेका छौँ , पक्कैपनि ” बैगुनि ” भन्दा अझ थप माया दर्शकहरुले ” बैगुनि २ ” लाइ गरिदिने कुरामा ढुक्क छौ” सँगितकार थापाले भने ।

भिडियो :-

https://youtu.be/ZF_6rkGWyiE

Leave a Reply

Your email address will not be published. Required fields are marked *