
Black Profile picture र मृत्युदन्डबारे केही बोल्न मन लाग्यो।
- पहिलो: फेसबुकमा पुरुष साथीभाईको प्रश्न- “प्रोफाईल पिक्चर कालो राख्दैमा बलात्कारका घटना रोकिन्छन त?”
कसले भन्यो रोकिन्छ भनेर? प्रोफाईल पिक्चर कालो राख्दैमा बलात्कारका घटना रोकिदैन भनेर थाहा भाको विद्वान तपाईंहामी मात्रै हो ? युवतिहरुलाई थाहा छैन? यो उनिहरुको एकताको प्रतिक हो। यसमा सबै महिलाको चासो र एकमत रैछ् है भन्ने किन नबुझेको? उनिहरु डराईरहेका छन, त्यो बुझौ न हजुर। परेवा उडाउदैमा शान्ती आउने, मैनबत्ती बालेर आत्मा शान्ती हुने, साईकल यात्रा गरेर शान्ती ल्याउने चाँही जाहेज रे अनि यो नाजायज कसरी? पुरुष मनोविज्ञान यहाँ नि झल्कियो। राख्छन नि प्रोफाईल पिक्चर कालो स्वादले के भो त्? डाक्टर केसिको आन्दोलन यसैले उठायो। फोटो फ्रेम चेन्ज गरेकै भरमा कुलमानले नियुक्ति पाए र,? पाएनन तर गरियो त् हामी सबैले। उनिहरुको गरेको हरेक काममा ठट्टा गर्दिने? यही त हो हिन्सा। - अर्को कुरो: मृत्युदण्डको। अरे यार मृत्युदण्ड अपराधको समाधान हैन भनेर थाहा भाको तपाई र म मात्र हो र? बडो नियम कानुन खोकेर उनिहरुको यो आक्रोशलाई मत्थर पार्ने प्रयास नगरौ। यो आवाज उठाउनेहरुलाई पनि थाहा छ, सामान्य चेत उनीहरुमा नि छ। जहा पायो त्यहि भाव नबुझिकन ज्ञान छाटन बन्द गरौ। उनीहरुको त्यो लेभलको आक्रोश छ पो भन्न खोज्या त। मलाई थाहा छ अधिकांश बलात्कार चिनेकै मान्छे बाट हुन्छ, भोलिबिहान मृत्युदण्डको कानुन आयो भने झन् धेरै घटनाहरु दर्ता हुदैनन। किनकि पीडितले आफ्नो मान्छेको मृत्युको कारण बन्न चाहन्नन्। ममताको खानी यसै भन्या हैन नि। तर अह यो सब बुझ्नु छैन हामिलाई। किनकि हामी हरेक कुरामा meme content खोज्न थाल्यौ। मलाई दुख यहानेर छ।
